

काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन्। शुक्रबार बिहान नवलपुरबाट प्रहरीको स्कर्टिङमा काठमाडौं आएका हुन्।
दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले राष्ट्रिय सभा गृहमा संयुक्त सम्बोधन गर्दैछन्। त्यसअघि सरकार र विप्लव समूहबीच सहमतिमा औपचारिक हस्ताक्षर हुनेछ।
कलंकी हुँदै उनी सामाखुसीमा केही बेर आरामका लागि बसेका छन्। उनी त्यसपछि बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनले त्यहाँ प्रधानमन्त्री ओलीसँग अनौपचारिक कुराकानी गर्नेछन्। केही समय वार्ता सकेपछि राष्ट्रिय सभामा औपचारिक कार्यक्रम सुरु हुनेछ।
यसैबीच, विप्लव समूहका प्रभावशाली मानिने नेता धर्मेन्द्र बास्तोलालाई पनि रिहा गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रे हिरासतमा राखिएको छ।
नख्खु कारागारमा रहेका हेमन्तप्रकाश ओलीलाई छाड्ने कानुनी काम सुरु भइसकेको स्रोतले जनाएको छ। उनलाई लगाएको मुद्दा फिर्ताको प्रक्रिया गृह मन्त्रालयले थालेको छ।

