

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पाैडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
यही माघ २२ गते सोमबार अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान भएको हो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ। यसअघि मंगलबार बसेको मन्त्रिपरिषदले राष्ट्रपति समक्ष बैठकका लागि सिफारिस गरेको थियो ।

