रुसमा सैनिक विमान दुर्घटना, युद्धमा बन्धक बनाइएका युक्रेनीसमेत ६५ जनाको मृत्यु


काठमाडौं – रुसमा सैनिक विमान दुर्घटनामा परेको छ। युक्रेनसँगको सीमानजिकैको बेलगोरोद क्षेत्रमा इल्युशिन आईएल ७६ विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

दुर्घटनामा परी हालसम्म ६५ जनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

रुसको रिया नोभेस्ती समाचार संस्थाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा युक्रेनमा जारी युद्धका क्रममा बन्धक बनाइएका युक्रेनी सैनिकहरु पनि रहेका छन्।

क्षेत्रीय गभर्नर भियाचिस्लाभ ग्लादकोभले घटनाबारे आफू जानकार रहेको बताएपनि थप विवरण दिएका छैनन्।

त्यसैगरी रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्।

उनले पनि यसबारे थप विवरण दिएका छैनन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रुसको याब्लोनोभो गाउँनजिकै विमान दुर्घटनामा पर्नुअघि ठूलो विष्फोटको आवाज सुनिएको थियो।

 

प्रतिक्रिया