
गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा काठमाडौंबाट युवक पक्राउ
काठमाडौं– २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी रहेका छन् ।
बुधबार बिहान पक्राउ परेका बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



कागजपत्र |
