वन्यजन्तुलाई धराप थाप्न गएका पूर्व हवल्दार आफैं बिते


कैलाली- कैलालीमा वन्यजन्तुलाई धराप थाप्न गएका एक पूर्व सशस्त्र प्रहरी हवल्दारको ज्यान गएको छ।

घोडाघोडी नगरपालिका–१० का ४० वर्षीय धनबहादुर शाहको मंगलबार मृत्यु भएको हो । उनीसँगै गएका मोहन्याल गाउँपालिका-३ का ३६ वर्षीय दुर्गा खत्री घाइते भएका छन्।

मंगलबार राति २ बजे स्थानीय तुल्सिपुर सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न विद्युतीय धराप थाप्ने क्रममा विद्दुत तार सर्ट भई शाहको ज्यान गएको इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका खत्रीलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ।

प्रतिक्रिया