मधेश सरकारबाट बाहिरियो जनमत, समर्थन पनि फिर्ता


जनकपुरधाम – सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए ।

मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

प्रतिक्रिया