बाँदर नियन्त्रण सम्बन्धी तालिम लिन १५ जनाकाे टोली भारत जाँदै


काठमाडौं–  बाँदर नियन्त्रणको तालिम लिन संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा नेपाली प्राविधिकहरु भारत जाने भएका छन् । बाँदर बन्ध्याकरणको तालिम लिन १५ जना नेपाली प्राविधिकहरु भारत जाने भएका हुन् ।

भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफलता पाएपछि समिति र भारतीय दूतावासको सक्रियतामा पहिलो चरणमा १५ जनालाई तालिमका लागि पठाउन लागिएको हो ।

१० जना पशु चिकित्सक र ५ जना रेञ्जरलाई तालिममा जाने कृषि समितिका उपसचिव शिवदत्त बरालले बताए । उनीहरु जनवरीको अन्तिम वा फेब्रुअरीको पहिलो साता तालिमका लागि जाने बताइएकाे छ ।

 

प्रतिक्रिया