हिउँदे अधिवेशन माघ २२ बाट बोलाउन मन्त्रिपरिषद्को सिफारिस


काठमाडौं – सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले माघ २२ गते अपरान्ह ४ बजे संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।

 

प्रतिक्रिया