नक्कली प्रमाणपत्रसहित एक चिकित्सक पक्राउ


काठमाडौँ – नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् ।

आईतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले आफूलाई डाक्टर बताउने सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ ।

उनले भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया