

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देही- रुपन्देहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-३ मा लु ५८ प २७२८ नम्बरको मोटरसाइकल र युपी ५५ एएन १११२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा शुद्धोधन गाउँपालिका–५ कपिलवस्तुका ४५ वर्षीय शिवशंकर यादव र भारतीय नागरिक ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए ।
बाक्लो हुस्सु लागेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

