

एसईई चैत १५ गतेदेखि

काठमाडौं- माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् ।

