

यू-१९ विश्वकप क्रिकेट: नेपालका दुई विकेट गए

काठमाडौं- नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा दोस्रो विकेट गुमाएको छ ।
नेपालले आकाश त्रिपाठीलाई २ रनमा गुमाएको हो । यसअघि नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई गुमाएको थियो ।
जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल १२ ओभरमा २ विकेटको क्षतिमा ५२ रन बनाएको छ । अर्जुन कुमाल ३७ बलमा २१ रन र देव खनाल २१ बल खेलेर २२ रन बनाउदै क्रिजमा छन् ।

