


कैलालीमा पासोमा परेको अवस्थामा बाघ मृत फेला

कैलाली- कैलालीमा एक पाटे बाघ मृत फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ मृत फेला परेको हो ।
स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ । स्थानीयले खबर गरेपछि अहिले जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

