
न्यायाधीश भट्टराईले दिए राजीनामा
काठमाडौं- जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् ।
न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।
जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा हत्याको आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।
०७६ कात्तिक ६ गते जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । न्यायाधीश डा.परशुराम भट्टराईको इजलासले हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायत माथिको आरोप पुष्टि नहुने भन्दै आरोपितलाई सफाइ दिएको थियो ।
उनको यो फैसलामा कैफियत देखिएको भन्दै न्याय परिषद्मा उजुरी परेको थियो ।



कागजपत्र |
