मोटरसाइकल दुर्घटनामा अस्तायो सन्दीप र सुमितको डाक्टर बन्ने सपना


काठमाडौं – बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादवले डाक्छर बन्ने सपना देखेका थिए ।

त्यसै सपनालाई साकार पार्न उनीहरु नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत थिए । तर, उनीहरुको सवचा चुँडिएको छ ।

आइतबार बिहान मोटरसाइकल दुर्घटना दुवैजनाले ज्यान गुमाएका छन् । वीरगन्ज महानगरपालिका– १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा उनीहरु सवार प्रदेश २–०–३०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवैले ज्यान गुमाएका हुन् ।

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया