हतियारसहित प्रवेश गरेका एसएसबीद्वारा सीमाङ्कन गर्ने प्रयास


कञ्चनपुर- कञ्चनपुरको बेलौरीस्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दादागिरी शैलीमा हातहतियार रसहित आएर सीमाङ्कन गर्ने प्रयास गरेका छन् । एसएसबीले आज बिहान जिल्लाको बेलौरी नगरपालिका – १० भुडा स्थित हातहतियार सहित नेपाली भूभागमा सिमाङ्कनको प्रयास गरेका हुन् ।

जानकारी बिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा आएर एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए ।

एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएको सशस्त्र प्रहरीले जनाएको छ। तर, यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन ।

जिल्लाको दक्षिणी क्षेत्रमा विगतदेखि सीमा बिवादको समस्या छ । २०७६ तिर भारतीय तर्फबाट जारी भएको स्ट्रप नक्साले नेपाल तर्फको करिब १ हजार बिघा बढी जमिन, हुलाकी सडक, प्रयटकीय स्थल प्याराताल भारतमा देखाएको थियो ।

प्रतिक्रिया