भोलि मकवानपुर जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र


काठमाडौं- भोलि मकवानपुरको हेटौंडा जान लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागतको तयारी गरेको छ।

हेटौंडाका धार्मिकस्थलको अवलोकन तथा पूजा आरधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि जान लागेका शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।

पूर्वराजालाई भोलि मध्यान्ह १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम छ। पूर्वराजा हेटौंडा–१३, पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पनि जाने कार्यक्रम छ।

शाहको स्वागतमा मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजकत्वमा एक हजार १११ जनाको मूल समारोह समिति पनि गठन गरिएको छ।

प्रतिक्रिया