

नेकपा एसको केन्द्रीय परिषद्मा सहभागी हुने नेतालाई दुई बुँदे निर्देशन

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन पालना गर्नुपर्ने भएको छ ।
महासचिव घनश्याम भुसालले शुक्रवार सूचना जारी गर्दै यही माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूका लागि पालना गर्नुपर्ने विषयका बारेमा दुई बुँदे सूचना जारी गरेका हुन् ।
महासचिव भुसालले जारी गरेको सूचनामा केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेताहरूले पार्टी सदस्यता अनिवार्य नवीकरण गरेको हुनुपर्ने भनिएको छ । त्यस्तै परिषद् बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, लगायतका कमिटीमा रहेका नेताहरूले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यहरूलाई बैठकबारे जानकारी गराउनुपर्नेछ ।

