सुनको मूल्य बढ्यो, तोलामा कति ?


काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो(बिहीबार) तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । हिजो १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया