३४ अधिकृत उपसचिव बढुवामा सिफारिस


काठमाडौँ – ३४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन् ।

 

प्रतिक्रिया