
जाजरकोट अस्पतालमा काम गर्ने डाक्टरलाई मासिक १ लाख भत्ता
जाजरकोट: जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले मसिक एक लाख भत्ता दिने भएको छ।
कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो।
उक्त सूचनापछि करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले जनाएको छ।
नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो। दुर्गम क्षेत्रमा करारमा काम गर्न डाक्टरहरूले चासो नदेखाउने गरेका कारण संस्थाले उक्त भत्ता दिएको बताइएको छ ।



कागजपत्र |
