‘केपी ओली कप’ फुटबल फागुन ११ देखि, विजेतालाई ११ लाख


काठमाडाैं-  फागुनदेखि केपी ओली कप २०८० फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । युवा संघ नेपालले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । ११ फागुनमा उद्घाटन हुने उक्त प्रतियोगिताको फाइनल खेल भने १९ फागुनमा हुने जनाइएको छ ।

प्रतियोगितामा नेपालका ए डिभिजन तथा विदेशी टिमलाई सहभागी गराइने युवा संघले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख, द्वितीय हुनेलाई ५ लाख नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार प्रदान गरिने छ ।

त्यस्तै म्यान अफ दी म्याचलाई १५ हजार र हरेक खेल विजेता टिमला २५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया