राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तिलाई आग्रह


कैलाली: राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको छ।

नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी बसेको गठबन्धन आवद्ध दलहरूको बैठकले सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न आग्रह गरेको हो।

बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको कांग्रेस कैलालीका सचिव केशव राज मिश्रले बताए।

मिश्रको संयोजकत्वमा बसेको बैठकमा नेकपा माओवादीका तर्फबाट दुर्गा वडुवाल, नेकपा समाजवादीबाट दीर्घराज कापडी जोशीलगायतको सहभागीता रहेको थियो ।

बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द उपस्थित रहेका थिए ।

प्रतिक्रिया