शीर्ष नेताहरुबीचको तिक्तता घटाउन दोस्रो तहका नेताहरुले थाले पार्टी एकताको छलफल


काठमाडौं – शीर्ष नेताहरु बीचको तिक्तता घटाउन नेपाल कम्यूनिष्ट्र पाटीका दुवै समूहका दोस्रो तहका नेताहरुले छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज ओली पक्षीय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र दाहाल नेपाल पक्षीय स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच करिब एक घण्टा लामो छलफलभएको छ । दुई जनाबीच भएको छलफलमा पार्टी एकताको विषयमालाई प्राथमिकता दिएको स्रोतले बतायो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई कित्तामा बाँडिएको छ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला अघिसम्म नेकपामा दुबै समूहले देशभर विभिन्न जनसभाहरु आयोजना गरी एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रेका थिए । तर पछिल्लो समय दुबै पक्षले एकअर्को पक्षका नेतालाई ‘आत्मालोचना गरेर आए’ मिल्न सकिने भन्ने अभिव्यक्ति दिँदै आएका छन्।

 

प्रतिक्रिया