बुढानीलकण्ठ निवास मर्मतपछि भाडाको घर छाड्दै देउवा परिवार


काठमाडाैं- गत वर्ष १० पुसमा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार छाडेका थिए । बालुवाटार छाडेर उनी धुम्बाराहीस्थित कूटनीतिज्ञ कुलचन्द्र गौतमको घर भाडामा लिएर सरेका थिए ।

बुढानीलकण्ठ निवासमा मर्मतको काम चलिरहेकाले उनी भाडाको घरमा बस्दै आएका थिए । भोलि भने उनको परिवार भाडाको घर छाडेर आफ्नै निवास सर्न लागेको छ ।

सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठको निवासको मर्मत कार्य सकिएपछि भोलि भाडाको घर छोड्न लागिएको हो ।

यहि माघ २१ गते देउवाका छाेरा जयविर सिंह देउवाकाे विवाह समाराेह हुने पक्का भइसकेकाे छ ।  जयविरले गत जेठ १ गते शिभाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया