विनोद भण्डारीको पहिलो शतक


काठमाडाैं- एकदिवसीय क्रिकेट प्रतियोगितामा विनोद भण्डारीले पहिलो शतक बनाएका छन् ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मधेश प्रदेश विरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबका कप्तान भण्डारीले शतक प्रहार गरेका हुन् ।

उनले ८९ बलमा नौ चौका र चार छक्काको मद्दतले शतक प्रहार गरेका हुन् । उनी ९३ बलमा ११३ रन बनाएर आउट भए ।

जारी प्रतियोगिताको तेस्रो शतक हो । यसअघि पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान र दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोराले शतक प्रहार गरेका थिए । दुवैले बागमतीविरुद्ध शतक प्रहार गरेका थिए ।

प्रतिक्रिया