आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको दरखास्त


काठमाडाैं – नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले दरखास्त दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ७ पुसमा एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा  १४ जनाले निवेदन दिएका हुन् ।

मन्त्रालयका अनुसार कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डा। डोलप्रसाद चापागाईं, सहदेव चन्द, रामदेव यादव, सञ्जीवकुमार श्रेष्ठ, पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी, दिलीपशेखर श्रेष्ठ, चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनीले कार्यकारी निर्देशक बन्न निवेदन दिएका छन् ।

आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको छ। मन्त्रालयको वाणिज्य तथा आपूर्तिसचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।

प्रतिक्रिया