सर्वोच्च अदालतभित्रै न्यायाधीशकी पत्नीको आत्मदाह प्रयास


फाइल फोटो

काठमाडौं- न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी उनकी जेठी पत्नी आरती गिरीले आत्मदाह प्रयास गरेकी छन् ।

आइतबार उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर सर्वोच्च अदालतभित्रै आत्मदाह प्रयास गरेकी हुन् । तर, आगो सल्काउने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

घटनापछि गिरीलाई प्रहरीले अस्पताल लगेको छ । यसअघि उनले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् ।

प्रतिक्रिया