गभर्नर अधिकारीको नामको नक्कली ह्वाट्स एप अकाउन्ट !


काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाममा फेक (नक्कली) ह्वाट्स एप बनाएर दुरुपयोग गरेको पाइएको छ ।

एक सूचना जारी गर्दै राष्ट्र​ बैंकले गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी कसैले ह्वाट्सएप अकाउन्ट चलाइरहेको जानकारी दिएको हो ।

राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’

प्रतिक्रिया