राष्ट्रियसभामा साझा उम्मेदवारलाई विजयी बनाउन सत्ता गठबन्धनको अपील


काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रियसभाका गठबन्धनका उम्मेदवारहरुलाई गिवजयी गराउन अपील गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा बिहानदेखि सुरु भएको बैठकले राष्ट्रियसभाका १९ उम्मेदवारलाई विजयी गराउन मतदाताहरुलाई अनुरोध गरेको हो ।

उक्त अपीलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादव, नागरिक उन्मुक्ति पार्टीकी रञ्जीता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया