काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटना, ४ जनाको मृत्यु


काठमाडौं- काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार चन्द्रागिरी नगरपालिका- ४ सेतो पहरामा पल्टिँदा  ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम  र ४ वर्षीय प्रियान्स गौतम छन् ।

आज दिउँसो  प्र.३-०१-२३ च ६९८५ नम्बरको कार सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया