

आफ्नै भाइले पेट्रोल छर्केर दाईलाई जलाएपछि…

हेटौँडा- मकवानपुरको हेटौँडामा आफ्नै भाइले दाजुलाई पेट्रोल छर्केर लागो लगाएका छन् ।
हेटौडा-४ चिल्ड्रेन पार्क गरदेईमा बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाइ २८ वर्षका रवि गिरीले पेट्रोल छर्की आगो लगाएका हुन ।
घाइते गिरीलाई उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर आगो लगाउने भाइलाई प्रहरीले पक्राउ गरेको छ ।

