हिउँदयाम सुरु भएसँगै भारतबाट दैनिक ३ सय मेगावाट बिजुली आयात


काठमाडौं – हिउँदयाम सुरु भएसँगै नेपालमा बिजुलीको उत्पादन कम हुन थालेको छ ।

जाडो यामका कारण माग अत्यधिक बढेको तर स्वदेशमा उत्पादन कम हुन थालेकाले नियमित आपूर्तिका लागि भारतबाट बिजुली आयात गर्न थालिएको हो । हिउँदेयाम सुरु भएसँगै नेपाल भारतमाथि बिजुलीको लागि भर पर्न थालेको हो ।

नेपाल विद्युत प्राधिकरणले हाल भारतबाट दैनिक ३ सय मेगावाटको हाराहारीमा बिजुली आयात गर्न थालेको छ । हाल आन्तरिक उत्पादन घटेर ९ सय मेगावाटमा झरेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत मंसिर अन्त्यबाट भारतमा बिक्री बन्द गरेको प्राधिकरणले हाल आन्तरिक उत्पादनले माग धान्न नसकेपछि भारतबाट बिजुली आयात गर्न थालेको हो । उनका अनसार नेपालको उत्पादन अहिले ९ सय मेगावाटमा झरेको छ । प्राधिकरण र यसका सहायक कम्पनीको २५० मेगावाट तथा निजी क्षेत्रको ६५० मेगावाट बिजुली कम परिमाणमा उत्पादन भएको छ ।

 

प्रतिक्रिया