२७ वर्षपछि सम्झना र सुशीलाले बुवा भेटेपछि…


चितवन – सामाजिक अभियन्ताको रुपमा असल कर्म गर्दै आइरहेका अर्जुन भुसालले अर्को महान् कार्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् विभिन्न सामाजिक कार्य गर्दै आएका भुसालले चितवन कालिकानगर नगरपालिका वडा नं. ६ पदमपुरका विश्वनाथ लामिछानेको परिवारलाई खुशी दिलाएका छन् ।

२७  वर्षदेखि परिवारबाट टाढा रहेका विश्वनाथलाई उनका छोरीहरुले अर्जुन भुसालको सहयोग लिएर खोजी गरेका थिए । उक्त भिडियो भुसालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि विश्वनाथ परिवारको सम्पर्कमा आएको जनाइएको छ ।

भुसालको पछिल्लो अपडेटअनुसार उनी छोरीहरु र उनीहरुका आफन्तसहित विश्वनाथलाई लिन पूर्वी नेपालको काँकडभिट्टा पुगेका थिए । यतिबेला विश्वनाथका छोरीहरुले बाबा पाएका छन् भने विश्वनाथले छोरीहरु । अहिले विश्वनाथकी छोरी सम्झना खतिवडा र सुशीला लामिछाने अधिकारीले बुवा भेटेका छन् ।

सम्झना साढे २ वर्ष र सुशीला ६÷७ वर्षकी हुँदा सम्पर्कबिहीन रहेका विश्वनाथलाई लिएर अहिले स–परिवार चितवन आउँदैछन् । चितवनको पदमपुरमा आज उनीहरुलाई स्वागतको तयारी स्थानीयहरुले गरिरहेका छन् ।

प्रतिक्रिया