
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं- उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो ।
भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।



कागजपत्र |
