सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी


काठमाडौं- सरकारले सुन्तलालाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी सुन्तलालाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको हो ।

‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण गर्ने छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषाण गर्ने तयारीबारे प्रदेश सरकारका कृषि मन्त्री र सचिवहरुसँग छलफल गरेको थियो ।

प्रतिक्रिया