राष्ट्रपति पौडेल र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

शितल निवासमा बिहीबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि हिमाल बचाउन र पानीको स्रोत जोगाउने साझा मुद्दामा दुवै देश मिलेर काम गर्नुपर्ने बताए।

हिमाल बचाउने कुरा नेपालको मात्र नभएर विश्वकै साझा चुनौती भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि कार्बन उत्सर्जन बढी गर्ने मुलुकले बढी लगानी गर्नुपर्ने नेपालको धारणाबारे प्रष्ट पारेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

प्रतिक्रिया