अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख ठगी गर्ने महिला पक्राउ


काठमाडौं- अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुलिएर फरार भएकी काठमाडौं बूढानीलकण्ठकी बेञ्जु महत पक्राउ परेकी छिन् ।

अमर बहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्छ भनेर उनले पटक पटक गरी २३ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । पैसा लिएर फरार भएपछि परेको उजुरीका आधारमा काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले महतलाई हिजो चपलीबाट पक्राउ गरेको हो ।

महतले अमेरिका पुगेपछि मासिक चार लाख रुपैयाँ कमाइ हुन्छ भनेर प्रलोभन देखाउँदै पैसा लिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया