


नेप्से परिसूचक ९.५० अंकले बढ्यो

काठमाडौं- सेयर बजारमा लगातार सुधारको क्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ९.५० अंक बढेको छ । आज ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ ।
बुधबार एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९।६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
आज ३०१ कम्पनीको कारोबार भएकोमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

