
भारतमा ८१९ जनालाई संक्रमित बनाएको जेएन. १ यतापनि, लगाइएका भ्याक्सिनले काम गर्छ ?
काठमाडौं- नेपालमा पनि कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ फेला परेपछि स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सचत रहन सुझाव दिइसकेको छ । मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संकलन गरेको १६ वटा नमुनामध्येबाट ७ वटामा जेएन. १ को सङ्क्रमण पुष्टि भएको थियो । भारत सँगै जोडिएकाले नेपालमा पनि यसको संक्रमण फैलिने खोखिम भएकाले सर्तक रहन आग्रह गरिएको छ ।
हिजो(मंगलबार) भारतमा एकैदिन सब–भेरियन्ट जेएन.१ का ४७५ संक्रमित फेला परेका थिए । हाजसम्म भारतमा ८१९ जना यो भेरियन्टबाट संक्रमित भइसकेका छन् । सोही कारण सब–भेरियन्ट जेएन.१ ले वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्ति बढी प्रभावित हुने देखिएकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिएका छन् ।
उनले यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि नपुर्याएको बताए । उनका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको छ ।
कोरोनाविरुद्धको जुनकुनै खोप(भ्याक्सिन) लगाएका व्यक्तिलाई नयाँ सब भेरियन्टले खासै प्रभाव नपर्ने चिकित्सकले बताएका छन् । तर खोप नलगाएकाहरु विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती, दीर्घरोगका बिरामीलाई यसले असर गर्ने पुन बताउँछन् ।
उनले पूर्णरूपमा खोप नलगाएका व्यक्तिलाई खोप लगाउन सुझाव दिएका छन् ।



कागजपत्र |
