
जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजे देखि ललितपुरमा सुरू हुने २ दिने बैठकमा गत भदौमा सञ्चालन गरेको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहरुको सक्रियतामा भएका साङ्गठनिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ ।
त्यसैगरी राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुने छ ।



कागजपत्र |
