पशुपति क्षेत्रमा सुकाएका कपडा महानगर प्रहरीले हटायो


काठमाडौँ – पशुपतिनाथ मन्दिर क्षेत्रमा सुकाइएको कपडाहरू काठमाडौँ महानगरपालिकाले हटाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ तिलगंगामा भारतीय तीर्थ यात्रीहरूले सुकाएका लुगाफाटा महानगर प्रहरीले हटाएको हो ।

पशुपति क्षेत्र विकास कोषको बारमा भारतीय तीर्थ यात्रीहरूले आफ्ना कपडाटाहरू सुकाएका थिए ।

धार्मिक क्षेत्रमा लुगाफाटा सुकाउँदा अशोभनीय देखिएको भन्दै महानगरले ती लुगाफाटा हटाएको हो ।

प्रतिक्रिया