फेरि पक्राउ परे डा गोविन्द केसी


काठमाडौं- माइतीघर मण्डलमा प्रदर्शन गरिरहेको डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मुखमा टेप लगाएर चारबुँदे माग राख्दै प्रदर्शनमा उत्रिएका उनलाई प्रहरीले समातेर वृत्त सिंहदरबारमा राखेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डा केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।

केही दिनअघि पनि डा गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया