
बंगलादेशी क्रिकेट कप्तान शाकिब अल हसन सांसद बने
काठमाडौं- बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् ।
उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।
प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो ।
शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन् । शाकिवले हालसम्म २४७ एकदिवसीय, ६६ टेस्ट र ११७ टी–२० आई खेलेका छन् ।



कागजपत्र |
