तीन क्विन्टल गाँजासहित दुई जना पक्राउ


सुनसरी- सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन् ।

ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो ।

प्रतिक्रिया