हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ


सिमकोट-  हुम्लामा लोडसेडिङको समय बढेको छ । हिल्दुम् विद्युत वितरण केन्द्रले पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको भन्दै लोडसेडिङ तालिका बढाइएको हो ।

सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ गर्नु परिरहेको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले बताएका छन् ।

यसअघि चारदेखि पाँच घण्टा मात्र लोडसेडिङ हुने गरेको थियो ।

 

प्रतिक्रिया