टुटलका संस्थापक भट्टलाई रिहा गर्न काठमाडौं अदालतको आदेश


काठमाडौं- काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

म्याद थपका लागि अदालतमा पेश गर्दा वरिष्ठ अधिवक्ताद्वय लवकुमार मैनाली  र सूर्यप्रसाद कोइरालाले बहस गरेपछि उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने आदेश भएको हो ।

प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।

प्रतिक्रिया