शेयर बजारमा गिरावट, २६ अंकले परिसूचक घट्दा सवा ५ अर्बको कारोबार


काठमाडौं – पुस मसान्त नजिकिएसँगै सेयर बजारमा सेलिङ प्रेसर बढेको छ। जसका कारण साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २६.३६ अंकले घटेको छ।

नेप्से परिसूचक २०२२.९२ बिन्दुमा झरेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स ६.१६ अंकले घटेको छ।

जलविद्युतबाहेक सबैजसो उपसमूहमा बिक्री चाप बढी देखिएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ। मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.६९ प्रतिशतले घटेको छ। नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य पनि ६.४९ प्रतिशतले ओरालो लागेको छ।

परिसूचक घटेपनि सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको सेयर किनबेच हुँदा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा छ। यो कम्पनीको २८ करोड रुपैयाँको सेयर किनबेच भएको हो।

बजार घटेपनि तेह्रथुम पावर सहित ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

प्रतिक्रिया