चिसोका कारण जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु


काठमाडौं- चिसोका कारण जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

निरन्तर पालको बसाइका कारण बिरामी परेका कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि उपचार सम्भव नभएको सुर्खेत अस्पतालले जनाएको छ ।

योसँगै चिसोका कारण मृत्यु हुने भूकम्प पीडितको संख्या ३६ पुगेको छ । जसमध्ये जाजरकोटमा ३१ र रुकुम पश्चिमका ५ जना रहेका छन् ।

प्रतिक्रिया