
सर्लाहीको बरहथवा नगरपालिकामा पुनः कर्फ्यू जारी
सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।
पुष २० गते शुक्रवार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मारिएका बरहथवा नगरपालिका- ६ का जयशंकर साहको परिवारले गरेको प्रदर्शन र बजार तथा यातायात बन्द गर्ने क्रम जारी रहेको छ।
साेही कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।




कागजपत्र |
